काठमाडौं, ३ पुस । संघीय समाजवादी फोरम परित्याग गरेका रिजवान अन्सारीले नयाँ पार्टी घोषणा गरेका छन् ।नयाँ घोषित ‘नेपाल संघीय समाजवादी पार्टी’ नामक नयाँ दलको अध्यक्ष अन्सारी आफैं भएका छन् ।

rizwan-ansariगत जेठमा अशोक राईको संघीय समाजवादी पार्टी र उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमबीच एकता भएपछि उनी असन्तुष्ट रहँदै आएका अन्सारीले नयाँ पार्टी स्थापना गरेका हुन् ।

हिजो मात्रै राजधानीमा एक कार्यक्रमको आयोजना गरी अन्सारीले ५३ सदस्यीय केन्द्रीय समितिसमेत घोषणा गरेका छन् । पार्टीको वरिष्ठ नेता वीरबहादुर लामा छन् । त्यस्तै राजकुमार यादव उपाध्यक्ष अनि लोप्साङ शेर्पा महासचिव छन् । अन्य खाली पद केही दिनभित्रै पूर्ति गर्ने अन्सारीले बताए । उनी पूर्वगृह राज्यमन्त्री पनि हुन् ।