aabaith-kamdar

घोराही ३ पुस ।  श्रम स्वीकृती विना नै  नेपाली कामदार श्रम वजारमा अवैध रुपमा वाहिरीने क्रम रोकिएको छैन । शनिवार  घोराहीमा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास सेवा सामी परियोजनाको आयोजना गरेको पत्रकार सम्मेलनमा  त्यस्तो जानकारी दिएको हो ।

  परियोजनाका परामर्शदाता   योगेन्द्र वस्नेतले  वितेको चार वर्षमा  जिल्लामा  ७५ हजार  एकसय चार जनाले राहादानी प्राप्त गरेको भएपनि जम्मा  ३४ हजार ४८ जना कामदार मात्रै श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।  उनले वाँकी कसरी विदेश गए र उनीहरुको  राहादानी कहाँ छ् भन्ने कुनै टुङगो नरहेको बताए ।

अबैद्य रुपमा विदेशीने क्रममा जारी रहेकोले  उच्च  जोखिम कायमै रहेको कार्यक्रममा चिन्ता जाहेर गरिएको थियो । बस्नेतले दाङबाट वर्षेनी १० हजार श्रमिकहरु श्रम स्वीकृति विना नै वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ  प्रस्तुत गरेका थिए । परियोजनाका परामर्शदाता   योगेन्द्र वस्नेतले दाङका मात्रै ४१ हजार ५६ जना कहिले कसरी विदेश गए भन्ने आधिकारीक अभिलेख नभएको बताए । सरकारले श्रम स्वीकृति विना वैदेशिक रोजगारमा जानका लागि प्रतिवन्ध लगाएको भएपनि त्यसविपरित नेपालीहरु विदेश जाने गरेका छन् ।

वस्नेतका अनुुसार जिल्लामा हाल सम्म १० हजार श्रमिकहरुलाई परियोजनाले सुरक्षित  वैदेशिक रोजगारका लागि  सुचना प्रदान गरेको छ । १ सय ९ जनालाई गार्मेन्ट ,१८ जनालाई पलम्वीङ  तालिम उपलव्ध गराइएको थियो ।  ७३ जना प्रशिक्षार्थी रोजगारका लागि वाहिरी सकेको जानकारी दिइएको थियो । हाल  परियोजनामा वैदेशिक रोजगार सम्वन्धी  १७ ओटा उजुरी दर्ता भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

जसमा  ९ ओटा उजुरीको फर्याैट भई क्षतिपुर्ति समेत उपलब्ध गराइएको र  वाँकीको  कार्यन्वयन चरणमै रहेका परामर्श दाता वस्नेतले  जानकारी दिएका थिए  ।