bharatpur-maidai

घोराही ३ पुस ।  हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलिले तयार पारेको बालमैत्री डकुमेन्ट्री ज्योति दाङमा प्रदशन गरिने  भएको छ । सोमबार बेलुका साढे ४ बजेपछि भरतपुर खेल मैदानमा उक्त डकुमेन्ट्री प्रर्दशन गरिने भएकोछ । उक्त बालमैत्री डकुमेन्ट्री हर्न आफ्ना बालवालिका सहित उपस्थित हुन आग्रह गरिएको छ । नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको ज्योति डकुमेन्ट्री  बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतालाई केन्द्रमा रोखेर निर्माण गरिएको छ । जसेका मुख्य उदेश्य बाल अधिकारका वारेमा केन्द्रित छ ।

बाल अधिकार र बालमैत्री समाजले देश विकासमा पु¥याउने सहयोगका विषयलाई समेटिएको ज्योति चलचित्रलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफको सहयोगमा निर्माण भएको ज्योति लघु फिल्मलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो । फिल्ममा हास्य खुराक र मनोरञ्जनसंगै बाल अधिकारको कुरा समेटिएको फाउण्डेशनले जनाएको छ । समाज बालमैत्री भएमा धेरै परिर्वतनहरु सम्भव रहेको भन्ने सन्देश उक्त फिल्ममा देखाईने छ ।

फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एकजना बालक र बालिकाको सफलतालाई रमाइलो ढंगले प्रस्तुत गरेको फाउण्डेशनले जनाएको छ । हरेक निकायलाई बाल मैत्री बनाउने उदेश्यले सरकारले थालेको बालमैत्री अभियानलाई सघाउन लघु फिल्म प्रर्दशन गर्न लागिएको जिल्ला विकास समिति दाङका बालमैत्री स्थानिय शासन समितिका फोकल पर्सन बालकृष्ण खनालले जानकारी दिए ।

दिपक आचार्यको लेखनमा निर्माण भएको यस लघु चलचित्रमा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मालगायतको अभिनय रहेको छ ।