तुलसीपुर ३ पुस । बन्द आह्वान कर्ता दलहरुले नै शैक्षिक संस्था खोल्न अनुरोध गरेका छन् । सरकारद्धार संसद सचिवालयमा दर्ता गरिएको संसोधन प्रस्ताबका बिरुद्ध दाङमा दुईदिने आमहड्ताल घोषणा गरेका राजनीतिक दलहरुले शनिवार विज्ञप्ति प्रकासितगरि विद्यालय खोल्न अनुरोध गरेका हुन । आफ्नो राजनीतिक अभिष्ट पुरागराउने बाहानामा शान्ति क्षेत्र घोषित शैक्षिक संस्था समेत बन्द गरेपछि व्यापक आलोचना बढ्ने खतरा थियो ।
बन्दकर्ताहरुले नै आफै शैक्षिक संस्था खोल्न गरेको आग्रह निकै सकारात्मक मान्न सकिने एकजना अधिकारकर्मीले बताए । जारी बन्दको समयमापनि शैक्षिक संस्था खोल्न संघर्ष समिति आग्रह गर्दै शैक्षिक संस्थाका साधनहरु निर्वाध सञ्चालन गर्न दिने जानकारी दिइएको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रेशम विसी र नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकाश पाण्डेले हस्ताक्षर गरेको संयूक्त विज्ञप्तिमा आज विद्यालय खोल्न आग्रह गरेका छन् । तर,विद्यालय खोल्न आग्रह गरेतापनि अन्य बन्दको कार्यक्रम भने यथावत रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
बन्दमा शैक्षिक संस्थाका गाडि, एम्बुलेन्स,प्रेसको गाडि , दूध बोक्ने गाडि, कुटनीतिक नियोगका गाडि,पानी ट्याकंर जस्ता अत्यावश्यक सवारी साधान सञ्चालनमा भने रोक नलगाइने जारी विज्ञप्तिमा उल्लेख छ ।
बन्द फिर्ता लिन आग्रह
घोराहीमा जारी शैक्षिक महोत्सबको समयमा बन्द हड्ताल नगर्न आयोजकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । बन्दले गर्दा महोत्सबलाई ठूलो क्षति पुगेको महोत्वशव आयोजनक समितिले आग्रह गरेको छ । शनिबार एक प्रेस बिज्ञप्ति प्रकासित गर्र्दै महोत्सव आयोजक समितिले बन्द फिर्तालिन आग्रह गरेको हो । सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने पवित्र उदेश्य राखेर आयोजना गरेको शैक्षिक महोत्सबलाई शनिवारको बन्दले प्रभावित तुल्याएको र आइतबारको बन्दले थप प्रभाब पार्ने भएकाले बन्द फिर्ता लिन महोत्वशव आयोजक समितिले आग्रह गरेको हो ।
महोत्सब मुल आयोजक समितिका संयोजक घनश्याम बराल, प्रचारप्रसार समितिका संयोजक सुन्दर गौतमले जारी गरेको विज्ञप्तिमा त्यस्तो कुरा उल्लेख गरिएको छ । यसैविच नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, नागरिक समाज दाङका सचिब चन्द्र राज पन्त र दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेलेपनि महोत्सवलाई ध्यान दिँदै बन्दका गतिविधि नगर्न नगराउन आग्रह गरेका छन् ।
विद्यालयका बालबालिकालाई महोत्सबमा आएर शैक्षिक सामग्रीहरु अबलोकन गर्न दिने वातावरण निर्माणमा सहयोगी बन्न आग्रह गरिएको छ । सामाजिक कार्यका लागि आयोजना गरिएको शैक्षिक महोत्सब जिल्लाबासीहरुको प्रतिष्ठासंग जोडिएको हुँदा महोत्सबको समयमा जिल्लाका राजनीतिक दलहरुले कुनैपनि बन्द हडतालको कार्यक्रम नगर्ने यसअघि गरेको प्रतिबद्धता समेत स्मरण गराइएको छ ।