इन्द्रेणी संवाददाता
काठमाण्डौ, १८ चैत्र । भावी रणनीति तय गर्न मधेसी मोर्चाको बैठक आज बस्दै छ । सर्वत्र विरोध र जनस्तरबाट अवज्ञा भएपछि नाकाबन्दीलगात आन्दोलनका कार्यक्रम फिर्ता लिएको मोर्चाले आन्दोलनको समिक्षा र भावी रणनीति तय गर्ने बैठक बोलाएको हो ।
आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले चैतभित्र माग पूरा नभए वैशाखदेखि आन्दोलन गर्ने जनाइसकेको छ ।madheshi-morcha

विगत आन्दोलनमा भएका कमी कमजोरी तथा भावी रणनीति तय गर्न बैठक बोलाइएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । चैत मसान्त भित्र सरकारले आफ्ना मागहरु पूरा नगरे के गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने उहाँले जानकारी दिनुभयो । संविधानप्रति असन्तुष्टि जनाउँदै मोर्चाले पाँच महिना लामो मधेस बन्दसहित विरोधका कार्यक्रम सञ्चालन गरेको थियो ।।