इन्द्रेणी संवाददाता 

सल्यान, १८ चैत्र । सल्यानको जलवाङमा पहिलो पटक गाडि पुगेको छ । स्थानीयहरुले पहिलोपटक गाउँमा गाडि पुगेपछि भव्य स्वागत समेत गरेका छन । पहिलोपटक गाँउमा तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस पुगेपछि जलवाङका स्थानीयहरुले यातायाता व्यवसायी र गाडीको स्वागत गरेका छन ।

pahilo patak si_nyara ma gadi

गाउँमा गाडी पुगेपछि अव आफुहरुको थुप्रै समस्या समाधान हुने भन्दै निकै खुसी भएको स्थानीय यमकली वुढाले वताउनुभयो । यस भन्दा पहिले तरकारी वजार सम्म पु¥याउन पनि समस्या रहेकोमा अव भने केही सहज हुने स्थानीयको अपेक्षा छ ।

साथै, यहाँका स्थानीयहरुले नियमीत गाडि सञ्चालन गर्न माग गरेका छन् । सल्यानको सिनवाङ, जलवाङका स्थानीयहरुले आफनो गाउँमा नियमित यातायातका साधन सञ्चालन नहुदा निकै समस्या परेको भन्दै नियमित गाडी सञ्चालनको माग गरेका हुन । रोल्पाको सिमानामा पर्ने सिनवाङ, जलवाङलगायतका स्थानीयलाई दुःख विरामी पर्दा समस्या हुँदै आएको छ ।