इन्द्रेणी संवाददाता 

दाङ, १८ चैत्र
आज देखि सुरु भएकोे यस बर्षको एसएलसी परिक्षामा दाङवाट १४ हजार २ सय ८६ जना परिक्षार्थी सहभागी भएका छन् । विहान ८ वजेदेखी सुरु भएको परिक्षामा दाङका ४२ वटा परिक्षा केन्द्रबाट १४ हजार २ सय ८६ जना परिक्षार्थी परिक्षामा सहभागी भएका हुन । आज पहिलो दिन परिक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परिक्षा दिदैछन् ।

SLC-exam

जिल्ला शिक्षा कार्यालय दाङका अनुसार नियमित तर्फ ९ हजार ९ सय १६ र एक्जाम्टेड तर्फ ४ हजार ३ सय ७० जना गरि १४ हजार २ सय ८६ जना परिक्षार्थीले एसएलसी परिक्षा दिन सुरु गरेका हुन । जसमा छात्रा ८ हजार एक सय ४२ र छात्र ६ हजार एक सय ४४ जना परिक्षार्थी रहेका छन । १ सय ८३ माद्यामिक विद्यालयका विद्यार्थी एसएलसीमा सामेल भएका हुन ।

देशभरका ६ लाख १५ हजार ५ सय ५३ ले परीक्षा दिदैछन् । यसैविच, एलएलसी परिक्षा अन्तर्गत घोराहीमा क्षेत्रमा मात्रै ६ वटा परिक्षा केन्द्र ताकिएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिनुभयो । गोरक्ष रत्ननाथ मावि चौघेरा, पपनउमावि भरतपुर, गोर्खा उच्च मावि, सरस्वति मावि काठेकोहल, वालविकास मावि घोराही र उच्च मावि रझेना रहेका छन ।

४२ केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, पाँच सय ७१ जना निरीक्षक, चार सय ३० जना सुरक्षाकर्मी र अनुगमनकर्ता तोकेको जिल्ला शिक्षा अधिकरी मैनालीले जानकारी दिनुभयो । एसएलसी परिक्षा आजदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ । ‘होमसेन्टर’ भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाइने र परीक्षार्थीले कुनै पनि किसिमको अनियमितता एवम् अनुशासनहिन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्द गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ ।।