रेखा मगर
दाङ, १० जेठ
मानव अधिकारका क्षेत्रमा क्रियाशिल दाङका विभिन्न निकायले धनौरीमा बोक्सीको आरोपमा एक महिलामाथि भएको निर्घात कुटपिटको विरोध गर्दै दोषिलाइ हदैसम्म्को कारवाहीको माग गरेका छन ।
मानव अधिकार सन्जालका केशवकुमार शर्मा, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, मानव अधिकार संरक्षण मञ्चका पदम वैद्धिक, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सदस्य लक्ष्मी आचार्य, मानव अधिकार सन्चार प्रतिष्ठानका केन्द्रिय सदस्य शुशिल गौतम, नेपाल पत्रकार महाँसंघ दाङका अध्यक्ष सुदिप गौतम, इन्सेक जिल्ला प्रतिनिधि जे एन सागर, ओरेक नेपालकी तुलसा गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुष्मा गिरीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कुटपिटमा संलग्नलाइ कडा कारवाहीको माग गर्नुभएको छ ।
यहि शनिवार धनौरी गाविस १ चिलरियाकी ६५ वर्षिया दिव्या चौधरीलाइ सोही ठाँउका हरी प्रसाद चौधरीले वोक्सीको आरोपमा निर्घात कुटपिट गरेका थिए । साथै विज्ञप्तीमा पुनरावेदन वार, जिल्ला बार, हरप्लेस, मानव कल्याण तथा वातावरण संरक्षण मञ्च, अपाँग मानव अधिकार एवं सरोकार केन्द्र, दलित गैरसरकारी समन्वय संस्था, सेलर्ड, फेडो, व्याकवाड शोसाइटी एजुकेशन (वेस) संस्थाले पनि मानिसको वाँच्न पाउने अधिकारलाइ चुनौति दिदै चौधरी माथिको कुटपिटले मानव अधिकारको उलंघन भएको वताएका छन ।
कुटपिटवाट घाइते चौधरीको अहिले काठमाण्डौमा उपचार भइरहेको छ । साथै पीडक चौधरीलाइ प्रहरीले चाँडो भन्दा चाँडो हिरासतमा लिइ हदैसम्मको कारवाही गर्न माग गरिएको छ । साथै पीडित दिव्याको स्वास्थ्य उपचारमा सहयोग गरिदिन बिज्ञप्तीमार्फत आग्रह समेत गरिएको छ ।।