घोराही, १० जेठ
सामान्य प्रशासन मन्त्री रेखा शर्माले लगानी अनुसारको सामुदायिक बिद्यालय शिक्षामा सुधार आउन नसकेको बताउनुभएको छ ।reदाङको चौघेरामा रहेको गोरक्ष रत्ननाथ माबिले सञ्चालन गर्न लागेको प्राबिधिक शिक्षा अन्तरगत पशु बिज्ञान कक्षाको आज उद्घाटन गर्दै मन्त्री शर्माले बजेट र शिक्षकमा गरिएको लगानी अनुसार सामुदायिक बिद्यालयमा सुधार आउन नसकेको बताउनुभयो ।

निजि क्षेत्रको लगानी भन्दा सामुदायिक बिद्यालयमा गरिएको लगानी धेरै भए पनि नतिजामा भने सामुदायिक बिद्यालय कमजोर देखिएको भन्दै मन्त्री शर्माले अब लगानी अनुसारको प्रतिफल खोज्नै पर्ने बताउनुभयो । शिक्षालाई मौलिक हककारुपमा संबिधानमा लेखिएको भन्दै उहाँले राजनितिक र राज्य व्यवस्थामा आएको परिबर्तन सँगै शिक्षामा पनि परिबर्तन ल्याउन सबै लाग्नु पर्नेमा मन्त्री शर्माको जोड छ ।
सामुदायिक शिक्षाको स्तर सुधारमा प्राबिधिक धारको शिक्षाले महत्वपूर्ण भुमिका खेल्ने उहाँले अपेक्षा गर्नुभयो । बेरोजगारी हटाउदै स्वदेशमै आत्मनिर्भरताको खोजि गर्न प्राबिधिक शिक्षा आबस्यक रहेको उहाँको भनाई छ । मन्त्री शर्माले समग्र क्षेत्रको बिकासका लागि शिक्षाको भुमिका पहिलो स्थानमा हुने भएकाले शिक्षा पनि व्यवहारीक र गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।

विकासमा राजनिति नभई एकताको आबस्यक पर्ने भन्दै मन्त्री शर्माले पहुँचको भरमा नभई आबस्यकताको आधारमा बिकासलाई अघि बढाउनु पर्ने धारणा राख्नुभयो । जिल्लाको विकासका लागि घोराही मुर्कुटी हुदै प्युठान, तुलसीपुर सुर्खेत सडकको स्तर उन्नती र कालो पत्रे, टरीगाउँ बिमानस्थलको नियमितता, बहुउदेश्यीय सभाहल र अन्तराष्ट्रिय बिमान स्थल अहिलेको आबस्यकता भएको र आफुहरु सोही काममा समेत सकृय भएर लागेको जानकारी दिनुभयो ।।