घोराही, १० जेठ
सिप मूलक र व्यवहारीक शिक्षाको माग भैरहेको बेला दाङका ६ वटा बिद्यालयमा प्राविधिक धारका विषयहरु पढाई हुने भएको छ ।iiयही शैक्षिक सत्र देखी जिल्लाका ६ वटा बिद्यालयमा प्राबिधिक धार अन्तरगत कृषि, पशु, कप्युटर र इलेक्ट्रोनिक्स विषयका पढाई हुने भएको हो ।

उच्च मावि गोबरडिहा, उच्च माबि सिसहनिया र उच्च माबि सिमसुन्दरपुरमा वालि बिज्ञान, पद्मोदय पब्लीक नमुना उच्च माबि घोराहीमा कप्युटर बिज्ञान, मावि तुलसीपुर सेन्टरमा इलेक्टोनिक्स र गोरक्षा रत्ननाथ माबि चौघेरामा पशु बिज्ञानका बिषयहरु पढाई हुने जिल्ला शिक्षा कार्यालय दाङले बताएको छ ।

प्रत्येक निर्बाचन क्षेत्रमा एक एक वटा प्राविधिक धारमा शिक्षाहरु सञ्चालन गर्ने भनिए पनि दाङको क्षेत्र नम्बर ३ अन्तरगत २ वटा बिद्यालयमा यस किसिमको कक्षा सञ्चालन भएको छ । यसैविच गोरक्ष रत्ननाथ माबि चौघेरामा प्राबिधिक धार कृषि शिक्षा अन्तरगत पशु बिज्ञान पढाईको आज उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल चौधरीको अध्यक्षता एवं सामान्य प्रशासन मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा पशु बिज्ञान शिक्षाको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले कमाई खाने शिक्षा अहिलेको आबस्यकता भएको भन्दै व्यवहारीक र गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका छन् ।

नैतिक शिक्षा सँगै रोजगारी र सिप मुलक शिक्षा अहिलेको आबस्यकता भएको बक्ताहरुको भनाई छ । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्य, प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, शिक्षा अधिकारी रमेश मैनाली, प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्मा लगाएतकाले गरिखाने शिक्षाको सुरुवात भएको भन्दै प्राबिधिक शिक्षालाई व्यापक बनाउनु पर्ने बताउनुभयो ।

बिद्यालयका शिक्षक विजय अधिकारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण शिक्षक सुमन पौडेलले गर्नुभएको थियो । उक्त गोरक्ष रत्ननाथ माबिमा यस शैक्षिक सत्र देखी कक्षा ९ बाट प्राबिधिक शिक्षा अन्तरगत पशु बिज्ञानको पढाई हुने भएको छ ।।