दाङ, १० जेठ
दाङको फुलवारी गाविसलाई धुवारहित बनाउन अभियान सुरु भएको छ ।featureगाविस लाई धुवारहित बनाउनका लागि सबै संरचनालाई क्रियासिल बनाइएको छ ।

अभियान अन्तर्गत गाविसमा एक दिने कार्याशाला गोष्ठी आयोजना गरी आ–आफ्नो तर्फ बाट गाविसलाई कसरी धुवारहित बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ ।

गोष्ठिमा गाविसका सामाजिक परीचालक गोविन्द सुवेदिले कुल १ हजार २ सय ६४ घरधुरी मध्ये ८ सय घरमा सुधारीएको चुल्हो निर्माण भएको जानकारी दिनुभयो । गाविस सचिब थानेश्वर न्यौपानेको अध्यक्षतामा भएको गोष्ठिमा राष्ट्रिय सुधारीएको चुल्हो निर्माणका अनिल बैद्यले प्रशिक्षण दिनुभएको थियो ।

यसैविच गाविसलाई धुवारहित बनाउनका लागि ११ सदस्यीय एक समिति गठन गरिएको छ । गाविस सचिब न्यौपानेको अध्यक्षमा समिति गठन भएको हो । जस्को उपाध्यक्षमा खिता खड्का, कोषाध्यक्षमा मुना बस्नेत, सचिबमा गोविन्द सुवेदि रहनुभएको छ ।।