इन्द्रेणी संवाददाता
सल्यान जेठ १० ।
आज विहानको हावाहुरीले सल्यानका २ वटा विद्यालयको छाना उडाइदिएपछि पठनपाठन प्रभावित भएको छ । घाँजरीपिपल गाविस ८ मा रहेको कालिका प्राविको ५ कोठे भवनको छाना हावाहुरीले उडाइदिएपछि विद्यालय नै बन्द भएको छ ।
विद्यार्थिहरुले प्रार्थना गरिरहेको समयमा आएको हावाहुरीले छाना उडाएपछि विद्यार्थिहरुलाइ घरमा पठाइएको विद्यालयका प्रधानाध्यापक टंक प्रसा शर्माले जानकारी दिनुभयो ।
यस्तै जिमाली गाविसमा रहेको महेन्द्र उच्च मावि ठुलिजिमालीका २ वटा भवनको छाना पनि हावाहुरीले उडाएको छ ।
छाना हावाहुरीले उडाएपछि प्राथमिक तहका विद्यार्थिहरुको विचल्ली भएको स्थानिय शिक्षक हेमराज केसीले बताउनुभयो । हावाहुरीले जिमालीका दर्जन बढि घर तथा चर्पिका छाना उडाएको उहाँले जानकारी दिनुभयो ।।