इन्द्रेणी संवाददाता
दाङ, १० जेठ
दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर नगरपालिका ४ खर्चवा निबासि ८८ बर्षिय मधुराम भण्डारीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
भण्डारीलाई शनिबार बिहान सर्पले औलामा टोकेको र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतवार राती मृत्युभएको परिवारले जनाएको छ । यसैविच, अत्यधिक मदिरा सेवनका कारण रुकुममा एक महिलाको मृत्युभएको छ ।
विभिन्न बिषादी प्रयोग गरि घरमै उत्पादन गरिएको अबैध मदिरा सेवनका कारण मुसीकोट नगरपालीका ३ का ३५ वर्षिया प्रेमा खड्काको मृत्युभएको हो । अत्यधिक जाँड खाएर बिरामी परेका३ जना मध्य प्रेमाको मृत्यु भएको हो ।
जाँड बनाउन प्रयोग गरिने जडिबुटीजन्य औंषधीमा विषादी धेरै परेका कारण प्रेमाको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । जाँड खाए लगत्तै बिरामी परेका सोही ठाउँका ४५ बर्षीया लालकुमारी खत्री र ४२ बर्षिय शषिराम चौधरी उपचार पछि घर फर्किएका छन् ।।