इन्द्रेणी संवाददाता
दाङ, १० जेठ
दाङ निर्माण व्यवसायि संघको वैठकले संस्थाको १८ औं साधारणसभा आगामी भदौ २५ गते गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा आज घोारहीमा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि यहि जेठ १६ गते गर्ने भनिएको साधारणसभा कार्यव्यस्ततालाइ मध्यनजर गर्दै आमागी भदौमा गर्ने निर्णय भएको हो । साथै संघका वरिष्ठ उपाध्यक्ष गणेश गिरी गत ५ गते सवारी दुर्घटनामा परी घाइते हुनुभएकोप्रति स्वास्थ्यलाभको कामना समेत गरेको छ ।।