घोराही, १०जेठ
नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशन आगामी भदौको २५ गते घोराहीमा हुने भएको छ ।
नेकपा एमाले दाङको सचिवालय बैठकले आगामी भदौ २५ गते देखी अधिवेशन गर्ने निर्णय गरेको हो ।नेकपा एमाले दाङका अध्यक्ष जोगवहादुर रानाको अध्यक्षता तथा जिल्ला इञ्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो ।
जिल्ला अधिवशेन आगामी भदौ २५, २६ र २७ गतेगर्ने निर्णय गरिएको पार्टी अध्यक्ष रानाले जानकारी दिनुभयो । सचिवालय बैठकले यही जेठ १७ गते जिल्ला कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।
त्यसका साथै अखिल नेपाल महिला संघ दाङले यहि जेठको १२ गतेका दिन गर्न थालेको सम्मेलन सफल पार्नका लागि सहयोग गर्ने निर्णय गरेको छ ।यसैबीच अखिल नेपाल महिला संघ जिल्ला समिति दाङले यहि जेठको १२ गतेका दिन गर्न थालेको सातौं जिल्ला सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।।