हङकङलार्इ कर्मथलो बनाएर नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेकी नब गायिका हुन् मनिका पाण्डे लिम्बु । भारतको दार्जिलिंगमा जन्मेर सानैदेखि गायनमा सोख राख्दै आएकी गायिका मनिका अहिले बिदेशी भुमि हङकङलाई कर्मभुमि बनाएर आफ्नो गायन यात्रा सुरु गरेकी छिन् ।

monika-1मनिका सानै उमेर देखिनै गीत गाउनलाई खुब रुचि राख्थिन । बाबा स्वर्गीय नेत्र बहादुर पाण्डे र आमा स्वर्गीय नैना कुमारी पाण्डेको कोख बाट दार्जिलिंगको जावाहार बस्तीमा जन्मिएकी मनिका पाण्डे लिम्बु हाल हङकङमा बसेर आफ्नो दैनिक काम सँगै गीत संगीतको क्षेत्रमा पनि निरन्तर अगाडी बढ्दैछिन् ।

साथीभाईहरु र गीतकार तथा गायक पीएस लिम्बुको प्रेणणाबाट सांगीतिक यात्रा सुरु गरेकी गायिका मनिकाले बिद्यालय पढ्दा देखिनै विभिन्न स्टेज कार्यक्रमहरुमा गाउदै अन्य धेरै कार्यक्रमहरुमा आफ्नो गायन कला क्षमता प्रदर्शन गर्दै आफ्नो गायन यात्रा सुरु गरेकी थिईन ।

monika-4गीतकार तथा गायक पीएस लिम्बुको चर्चित एल्बम ईच्छा २ मा तिमि खुसी छौत के भो ?  भन्ने गीत बाट चर्चा कमाएकी गायिका मनिकाको अब केहि समय पछि नै गीतकार तथा गायक पीएस लिम्बुको नै लेखनमा रहेको आज कता कता तिम्रो यादहरूले सताई रहेछू नेपाली सांगीतिक बजारमा आउन लागेको जानकारी नब गायिका मनिका पाण्डे लिम्बु दिएकी छीन ।

monika1मिठो अनि जादुमय आवाजकी धनि मनिकाको भविष्यको लक्ष्य भनेको एक राम्रो गायिका बनेर नेपाली गीत संगीतलाइ माया गर्ने अनि नेपाली संस्कृति र संगीत लाइ जोगाई राख्ने हो । मिलनसार स्वभावकी गायिका मनिका सबैलाई सम्मान पुर्बक आदर पनि गर्छिन अनि सधै हाँसेर बोल्छिन, उनि भन्छिन –’ गित संगीत मेरो नशा नशा अनि रगतमा छ त्यहि भएर नेपाली संगीत क्षेत्रमा केहि गर्छु भनेर संघर्ष गर्दै छु ।