इन्द्रेणी संवाददाता
दाङ । थारू कल्याणकरिणी सभा दाङको आयोजनामा आज घोराहीमा माघ सांस्कृतिक महोत्सव–२०८२ सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।
एकदिने माघ महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्याले थारू समुदायमा रहेका परम्परागत संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्दै आयआर्जनसँग जोड्नुपर्ने बताएका थिए । थारू समुदायमा रहेको कला संस्कृति गहनाको रुपमा रहेको भन्दै यसको संरक्षण र प्रवद्र्धन अपरिहार्य रहेको उनले बताए ।
महोत्सव शुरु हुनुभन्दा अघि विभिन्न क्षेत्रबाट थारू समुदायमा लगाउने परम्परागत भेषभूषामा सजिएर विभिन्न बाजागाजा र कलासहितको ¥याली घोराहीमा प्रदर्शन गरिएको थियो । थारू महिलाहरू आफ्नो थारू भेषभूषामा सजिएर कलात्मक रुपमा ¥यालीमा सहभागी भएका थिए ।
महोत्सवमा विभिन्न थारू समुदायमा प्रचलित नाचहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरी, नेपाल पत्रकार मसहांघका अध्यक्ष सन्तोष सुवेदीलगायत वक्ताहरुले माघी पर्वको शुभकामना व्यक्त गरेका थिए ।
विशेष गरी थारू समुदायमा मनाइने माघी पर्व नजिकिदै गर्दा माघीको रौनक बढ्दै गएको छ । माघ १ गतेलाई माघी पर्वको रुपमा मनाउने चलनछ ।




तस्विर उदय बीसी/इन्द्रेणी अनलाइन











