Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS

काठमाडौं, २८ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदियौँदेखि एकताबद्ध रहँदै आएका नेपालीहरु मुलुकको जटिल परिस्थितिमा अझ बढी एकताबद्ध हुनुपर्ने बताएका छन् ।

Prime Minister KP Sharma Oli at an interaction with the Reporters' Club Nepal Deusi Bhailo team, in Kathmandu, on Friday, November 13, 2015. Photo: RSS
किरात समुदायको मुख्य पर्व उधौलीका उपलक्ष्यमा शुभकामना दिँदै ओलीले संविधानप्रदत्त अधिकारको व्यवहारमा कार्यान्वयन गराउन नेपालीबीचको एकता झनै अनिवार्य भएको बताए ।

आफूले लगाएको अन्नबाली पाकेपछि कुल देउतालाई चढाएर मात्र खाने संस्कृति रहेको उधौली पर्व प्रकृति र पितृको पूजा तथा वातावरण र पर्यावरणसँग पनि सम्बन्धित रहेको उनको भनाइ थियो । ओलीले संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताए ।