इन्द्रेणी संवाददाता
तुलसीपुर, २८ मंसिर । रजौरे समाज नेपाल दाङको आज तुलसीपुर–६ रजौरामा निर्माण गरिएको कुलदेउताको मन्दिरको उदघाट्न गरिएको छ ।

मन्दिरको उद्घाटन समाजसेवी तथा कुलदेउताको मन्दिर निर्माणका लागि जग्गा प्रदान गर्ने दाता खुमादेवी रजौरेले गरेकी हुन् । मन्दिर करीव १२ लाखको लागतमा निर्माण भएको हो ।