काठमाडौं, २८ मंसिर । दुई राप्रपाबिच एकता भएपछि केही साइज वढेको राप्रपा सरकारमा जाने तयारीमा जुटेको छ । हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै राप्रपाका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीसहित ३ मन्त्री राप्रपाका तर्फबाट थपिए आफ्नो पार्टी सरकारमा जाने बताएको स्रोतले बताएको छ ।

zpp1akppसो क्रममा सरकारको विस्तारबारे छलफल भएको थियो । तर प्रधानमन्त्री स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित राप्रपालाई अन्य २ मन्त्रालय थपिएको अवस्थामा राप्रपा सरकारमा सहभागी हुनुको साथै संसदमा दर्ता भएको संशोधन विद्येयकको पक्षमा मतदान गर्नेछ ।

यसअघि नै राप्रपाका तर्फबाट २ मन्त्रालयमा प्रतिनिधित्व छ । यसअघिका आपूर्ति र भूमिसुधार मन्त्रालय सहित यो छलफल सकारात्मक भएमा राप्रपासँग ५ वटा मन्त्रालय हुनेछ ।

स्रोतका अनुसार परराष्ट्र, स्थानिय विकास तथा पर्यटन मन्त्रालय थप गर्न भनेका छन् । प्रधानमन्त्री प्रचण्डले भने एकवटा नेतृत्वकारी र प्रभावकारी मन्त्रालय लिएमा अन्य साना मन्त्रालय थप गर्न सकिने तर रोजेको सबै मन्त्रालय भने दिन भने कांग्रेससँग छलफल गर्नुपर्ने बताएका छन् । राप्रपा सरकारमा गयो भने संविधान संसोधन प्रस्ताव पास गर्न सरकारलाई दुईतिहाइ मत पुर्याउन समस्या टरेर जानेछ ।