इन्द्रेणी संवाददाता
दाङ, २८ मंसिर । दाङको तुलसीपुर नगरपालिका वडा नं. १९ जसपुरमा ट्रेक्टर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । तलसीपुर– १८ की यसरी मृत्यु हुनेमा कचिलाकी ३३ वर्षीया कमला चौधरी रहेकी छिन् ।

accident-jassआज जसपुरको जवहार चोकमा लु २ त ३२८२ नम्बरको टेक्टर दुर्घटना हुँदा त्यसमा सवार चौधरीको मृत्यु भएको जसपुर प्रहरी चौकीले जनाएको छ । चौधरीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी जसपुरकी २७ वर्षिय मनीराम चौधरी, १८ वर्षिय महेन्द्र चौधरी र स्यानी चौधरी रहेको प्रहरीले जनाएको छ । घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था समान्य भएको प्रहरीले जनाएको छ ।