गोविन्द खड्का
घोराही, २८ मंसिर । तपाइँ कतै आफूले आएका फलफुलका वोक्रा बाटोमा त फाल्दै हुनुहुन्छ ? होसियार हुनुहोस् कतै तपाइँ कारवाहीमा पर्नुहोला । आजभोलि घोराही–१० को रझेना जाने पिपल बुटा पार ग¥यो की मुर्कुटी जाने चोक नपुग्दासम्म ठेला व्यवसायीको मनमा चयन हुन्न । किन भने कतै फोहर ग्राहकले खसाल्यो भने पनि कारवाही व्यापारीले भोग्नुपर्छ ।

20161208_134340पहिलो कुरा डस्टिविन नभएको ठेलाले प्रबेश पाउँदैन । त्यहाँ नियमित गस्तीमा हुन्छन् निलो पोषाक धारी व्यक्ति । हातमा लामो सुईरो बोकेका उनले कसले गल्ती गर्छ भनेर दिनभरी नै याद गरी रहन्छन् । उनी त कर्मचारी हुन् झन् चनाखो भएका छन् स्थानीय व्यवसायीहरु । आफू जथाभावि फोहर फाल्न नपाएपछि अरुलाई छुट दिने कुरै भएन । त्यसमा पनि फोहर अरुलाई कमाई आफ्नो सुहाउँदैन । त्यसैले पनि आफ्ना वरपरकालाई ध्यान दिएर निगरानी गर्छन् ।

‘फाले त पैसा तिरी हाल्छन्’ आचार्य प्रिन्टर्स घोराही १० गौतम नगरटोलका हरी आचार्यले भने, नजिकै सुन्तला बेचिरहेको ठेलातिर औल्याउदै थप्नुभयो, ‘यो ले बेच्यो नि फाले तिर्छ । आफै नफाल्नुस भन्छ । ठेलामै जम्मा गर्ने ठाउ बनाएको छ ।’ यो व्यवस्था घोराही १० का तिन टोलले गरेका हुन् ।

त्यहाँ दिनभरी बदाम, सुन्तला, केरा बेच्ने व्यापारीहरु खचाखच् सडक भरी भेटिन्छन् । बदाम भुटिरहेका हुन्छन् ग्राहक उभिएर खान्छन् ठेलाको मुनि डस्टिविन राखिएको छ । फलफुल ठेलाले कागजका झोला थापेका छन् । खादै गरेको ग्राहकलाई त्यसैमा हाल्न लगाउछन् । यदि त्यसो नगरेमा टोलविकास संस्थाहरुले कारवाही गर्छन् । रझेना चोकदेखि मुर्कुटी जाने बाटो विचमा पस्नै दिदैनन् । विद्युतका पोलका डस्टिविन र सरसफाईका नियम ध्यान दिनैपर्छ ।

युवा जमात बाट अलि त्रसित छन् । युवा अबस्थालाई देशका खम्बा मानिनु पर्नेमा निर्धाहरुले डराउने कारण ठान्छन् । विद्यालय र क्याम्पसहरुले नैतिक एवं व्यवहारीक शिक्षा दिन नसकेकोले समाज सुध्रिएको छैन । ‘सामान्य मान्छेलाई त यसो नगर्नुस भन्न सकिन्छ’ माया सुनचादि पसलका गणेश कडेलले भने ‘म कहा आएकालाई जरीवाना पर्नुहुन्छ तुरुन्तै टिपिहाल्नुस भन्छु ।’ ृउनका अनुसार यहि कुरा युवालाई भन्न सकिन्न । गाउबाट झरेका सामान्य नागरीकलाई मात्रै हो ।

तीन महिनाअघि फोहर टिप्नुपर्छ भने पनि टिपाउनुपर्छ भन्ने कडेललाई पनि थाह थिएन । एउटा सर्टरको पचास रुपैया थप सरसफाई भाडा तिरेर हेरालु राखिएको छ । हेरालुले एउटा हातमा सुईरो बोकेर गस्ति गर्न लागेपछि सबैलाई चेतना भयो । हरेक नया मान्छेलाई सचेत गराउन सबै जुटेका छन् । तर केहि व्यवसायी भन्छन् ‘ नफाल भने झयाम्म् हान्छन् कि भन्ने डर हुन्छ । पाकालाई जसरी सकिन्छ चुल्ठे मुन्द्रेहरुलाई सकिन्न । त्यसैले पनि हेरालुले टिपेर अघि जान्छ अर्कोले त्यहि फालि हाल्छ । बिचराले हातमा ग्लोव नलगाई दिुनियाको फोहर हातैले टिप्छ । बाटो हिन्दा लाईन लागेर सडक ब्लक गर्ने विद्यार्थी, फोहर खसाल्ने युवा सिकाउन जरुरी छ ।

सुन्तलाका बोक्रा र बदामका खोस्टा भुईमा खसाल्ने छ वटा ठेलालाई जनही एक सयका दरले जरीवाना गरीएको छ । घोराही–१० को अस्पताल टोल विकास संस्थाका अध्यक्ष चित्र कान्त आचार्यका अनुसार जरीवाना बढाउने बारे छलफल चलीरहेको छ । गल्ति दोहो¥याउनेलाई ५ सय तिराउने प्रस्ताव आएको छ । अहिलेको जस्तै गरी सताउने हो भने लागुगर्न सकिन्छ ।

पिपल वुटा, गौतमनगर र अस्पताल टोलले गएको भदौ २५ गते देखि पुर्ण सरसफाइ युक्त टोल निर्माण अभियान थालेका हुन् । यस पटकको दशै तिहारमा समेत फोहर हुन बाट जोगाए । एक जना हेरालु राखेर अभियानलाई मुर्तता दिए । गफमा सिमित पुर्ण सरसफाईलाई कार्यान्वयन गर्ने नया बिधि खोजे । त्यसैको सिको गर्दै सेवार खोला नया बसपार्क टोलले पनि अभियान्ता खटाएको छ । उति बेला झञ्जटिलो मानेका त्यस क्षेत्रका अगुवा अहिले हौसिएका छन् । उनिहरुले ६ महिनाका लागि छानेकोक कर्मचारीको म्याद बढाउने बताएका छन् ।

राति एघार बजे भातका पोका सडकमा फाल्नेलाई पनि समातेका थिए । दाङ उद्योगवाणिज्य संघले चलाएको सफा हरा भरा दाङ अभियानको घरदैलो कार्यक्रम तिन टोल वाट शुरु गरेको थियो । संघका अध्यक्ष हेमराज बञ्जाडेले उद्घाटन गरेपछि थप विकास गर्दै उपाध्क्ष एवं गौतम नगर टोलका संस्थापक अध्यक्ष्ँ नारायण भुषाल लगाएतको टिमले हेरालु राख्ने कार्यक्रम ल्यायो ।

पहिलो चरणमा प्लाष्टिक बाहिर नफाल्ने, आफ्नो फोहर घोराही नगरपालिकाको सरसफाई गाडि आउदा मात्रै बाहिर निकाल्ने अभियान चलाएको थियो । अहिले चिसोमा सेकिएर बदाम खानेहरुलाई पनि नियम लागेको छ । तिनिहरुले फोकेर खान त पाउछन् खोस्टा संकलन गर्नुपर्छ । ‘सुन्तला बदामले हैरान बनायो’ संघका उपाध्यक्ष भुषालले भन्नुभयो, ‘जसले बेच्छ उसैलाई समाउने निति लिएका छौ“ । पैसा जसले कमाउछ ग्रँहकले गरेको वदमासिको पनि जिम्मा उसैले लिनुपर्छ ।’ तुलसीपुर चोक, कल्पु धर्मशाला लगाएतका क्षेत्रमा जस्तो भद्रगोल त्यहा देखिन्न । तर नया ग्राहकले फ्याट फ्याट खसाल्दै हिड्ने चलन बन्द गर्न सकिएको छैन ।

नेपाली खतम भयो, सबै विग्रीए । बरवाद भयो । सुधार्न सकिन्न भन्ने धेरैजसोका मुख बाट सुन्न सकिन्छ । असम्भव होईन । सुधार गर्न सकिन्छ भनेर विधि निकाल्नेहरु कमै हुन्छन् जो सफल मानिन्छन् । तिन महिना अघि शुरु भएको त्यहाको अभियानले ‘हुदै हुन्न’ भन्नुलाई गलत सावित गरेको छ । यति बेला तिन वटा टोलक्षेत्र बजारको अन्तको तुलनामा निकै सफा छन् । खा“दै हिड्ने बानी छ ? त्यसोभ भए खोस्टा र बोक्रा जम्मा गर्ने सुविधा बनाउनुहोस् । नत्र परिन्छ कार्वाहिमा । खाएर खसाल्ने मात्रै होईन बेच्नेले पनि उत्तीकै जिम्मा लिनुपर्छ । व्यापारीले समेत ध्यान दिनुपर्छ । ग्राहकले फालेको कार्वाहि डस्टिविन नराख्ने साहुले व्यहोर्छ ।