इन्द्रेणी संवाददाता
दाङ, ९ जेठ । दाङमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । पश्चिम दाङको धनौरी गाविस १ चिलहरिया निवासी ६५ वर्षकी दिव्या चौधरीलाइ स्थानीय ३२ वर्षका हरी चौधरीले वोक्सी भन्दै निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
गाइवस्तु लगेर ग्वाला गएकी चौधरीलाइ युवक हरीले वोक्सी भन्दै मुक्का प्रहार गरेको र संवेदनशिल अंगमा कुटपिट गर्दा दिव्या घाइते हुनुभएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
हरीको आक्रमणवाट दिव्याको अनुहार र आँखामा गम्भिर चोट लागेको छ । घाइते दिव्याको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी वाहिर जिल्ला रिफर गरिएको छ । आक्रमणमा संलग्न हरीले दिव्यालाइ हत्याको प्रयास गरेको प्रहरीले वताएको छ ।
घटना शनिवारको भएपनि पीडितले आइतवार मात्रै प्रहरीमा उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँइले जानकारी दिनुभयो ।।
