रेखा मगर
दाङ, ९ जेठ
दाङको सैघा गाविस ७ नयाँवस्तीमा विद्युतको पोल भाँचिएपछि त्यस गाँउका ४० घरपरिवार अन्धकारमा वस्न वाध्य भएका छन । नयाँबस्ती स्थित विद्युतको काठका पोल जिर्ण भएर भाँचिएपछि गत चैत्र २१ गतेदेखि त्यस गाँउ विद्युत विहिन भएको हो ।
गाँउमा विद्युत उपलव्ध गराउन विद्युत प्राधिकरण घोराहीलाइ पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको नेकपा माओवादी केन्द्रका सैघा गाँउ पार्टी सचिव जंग रोकाले जानकारी दिनुभयो ।
केहि दिन पहिले पनि नयाँवस्ती वासीले प्राधिकरणमा विद्युत सुचारु गर्न र जीर्ण पोल परिवर्तनका लागी ज्ञापनपत्र वुझाएका थिए । तर कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
गाँउमा विद्युत नभएपछि विद्युतीय काम प्रभावित भएका छन भने मोवाइल चार्ज गर्न समेत समस्या भएको रोकाले जानकारी दिनुभयो ।
साथै विद्युत सन्चालनका लागी सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराइने
उहाँको भनाइ छ ।।