कपिलवस्तु, २६ मंसिर । कपिलवस्तुको लालपुर गाविसको शीतलापुरमा ट्रयाक्टर दुर्घटना हुँदा आज एक जनाको ज्यान गएको छ ।
लु २ त ५२९३ नम्बरको ट्रयाक्टर पल्टिँदा स्थानीय २८ वर्षका गिरीराज नाउको ज्यान गएको प्रहरीले जनाएको छ । माटो खसाल्दै गर्दा अचानक ट्रयाक्टर पल्टिँदा नाउको घटना स्थलमै ज्यान गएको हो ।