काठमाडौं, २६ मंसिर । काभ्रेको बनेपा नजिक टाटासुमोको जीप र टिपर ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। दुर्घटना अरनीको राजमार्ग अन्तर्गत काभ्रेको भैंसेपटीमा आज विहान भएको हो ।
झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे १ ज २१९१ नम्बर को टाटासुमो र काठमाण्डौबाट जाँदै गरेको बा ४ ख ३५५६ नम्बरको टिपर एक आपसमा ठोकिएको थियो ।
दुर्घटनामा मोरङ मधुवनका मदन श्रेष्ठ र अर्का एकजनाको घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ । घाइतेको बनेपास्थित शिर ममोरियल अस्पतालमा उपचार भइरहेको छ ।