तुलसीपुर, २५ मंसिर । राजनीतिक दलहरु एक ठाँउमा आए मात्र लोकतन्त्र र मानवअधिकारको सुनिश्चिता हुने तुलसीपुरमा आज आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा राष्ट्रिय अभियान ः सुशासन र पारर्दशीता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्रको संस्थागत बिकास र मानव अधिकारको सुनिश्चिीता हुन आवश्यकता औल्याए ।
मावन अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब सुशील बस्नेतले कर्मचारीतन्त्रमा मात्र होइन राजनीतिक क्षेत्रमा पनि पार्दशीता हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेस दाङका पूर्बसभापति बिरकेश्वरी गौतमले लोकतन्त्र मजवुत नभए नागरिकको मौलिक हकको स्वतन्त्रता हुन नसक्ने धारणा राखे ।
