दाङ, २५ मंसिर । यही मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म दाङको घोराहीमा सञ्चालन हुन लागेको सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ को अवसरमा आज ३७ जनाले रक्तदान गरेका छन् । महोत्सब मुल आयोजक समितिले प्रचार गर्नुको साथै सामाजिक दायित्व बहन गर्दै आयोजना गरेको रक्तदान कार्यक्रम उनीहरुले रक्तदान गरेका हुन् ।
महोत्सब मुल आयोजक समितिका संयोजक तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष घनश्याम बराल, केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्याल, महोत्सब प्रचारप्रसार समितिका संयोजक सुन्दर गौतम लगाएत ३७ जनाले रक्तदान गर्नुभएको थियो । महोत्सब मुल आयोजक समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा मितेरी हस्पिटलले व्यवस्थापन गरेको थियो भने प्राविधिक रुपमा रक्तसञ्चार केन्द्र घोराहीले सहयोग गरेको थियो ।
आयोजक समितिका संयोजक घनश्याम बरालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटि दाङका संयोजक नारायण आचार्यको प्रमुख आतिथ्यता एबं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हरीप्रसाद अर्याल, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, नेपाल पत्रकार महासंघका अध्यक्ष सुदीप गौतमको विशिष्ठ आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेडक्रसका जिल्ला सभापति आचार्यले मानिसमा खेर गैरहेको रगतले अन्य मानिसको ज्यान बच्न सक्ने भएकाले स्वथ्य मानिसले प्रति दिन महिनामा रगतदान गर्दा केहि फरक नपर्ने बताए।
दाङमा रगतको अभाबको कारणले कसैले ज्यान गुमाउनु नपरेको भन्दै जिल्लामा रक्तदानको अबस्था राम्रो रहेको बताए । साथै कार्यक्रममा विशिष्ठ अतिथी महासंघका केन्द्रिय अध्यक्ष हरिप्रसाद अर्यालले शैक्षिक महोत्सबको उदेश्य सामाजिक विकास र शैक्षिक उन्नयन भएको भन्दै रक्तदान कार्यक्रमले यसको गरीमालाई झनै बढाएको बताए ।
कार्यक्रमा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले विगतका महोत्सब भन्दा पनि फरक रुपमा महोत्सबको प्रचार र सामाजिक उत्तरदायित्वको बहन गर्दै गरेको रक्तदान कार्यक्रम निक्कै राम्रो भएको बताए । विशिष्ठ अतिथी पत्रकार महासंघका अध्यक्ष गौतमले अबको सामाजिक विकासका लागि शिक्षामा नया आयाम आउनुपर्ने बताएका थिए ।