कुशुम बि.क.
बर्दिया, २५ गुलरिया । विश्वमा नै दुर्लभको कृष्णसार नाम एकचोटी बर्दिया जसरी नि जाम भन्ने मुल नारा सहित मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन कृत्रि औद्योगिक व्यापार एवं माघी महोत्सव २०७३ बर्दियामा संचालन हुने भएको छ ।
उद्योग बाणिज्य संघ बर्दियाको आयोजनामा बर्दियाको गुलरिया नगर पालिका वडा ७ स्थित क्याम्पसको कवर्ड हलमा यहि आउदो पौस महिनाको २८ गते देखि माघ महिनाको ९ गते सम्म सो महोत्सव संचालन हुने आज पत्रकार सम्मेलन गरी उद्योग बाणिज्य संघ बर्दियाका अध्यक्ष अम्मर बहादुर खड्काले बताउनु भएको छ ।
उद्योग बाणिज्य संघ बर्दियाको आयोजना तथा प्रइगल फन एण्ड इन्टरटेनमेन्ट चितवनको व्यवस्थापनमा यस वर्षको आयोजना गरिएको बताइएको छ । महोत्सवमा थारु संस्कृति,बाल उद्यान,कृषि,रमाइलो मेला ,लगाएत राष्ट्यि कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेने अध्यक्ष खड्काले बताउनु भएको छ । सो महोत्सवले कृषिमा आधुनिकरण ,थारु संस्कृतिको जगेना पहिचान ,प्रयटन पवद्धन क्षेत्रमा विस्तार गरी टेवा पुग्ने बताइएको छ ।
मध्यपश्मिाञ्चल क्षेत्रिय पर्यटन कृषि औद्योगिक व्यापार एवं माघी महोत्सवमा २ सय भन्दा बढि स्टल रहने आयोजकले बताएको छ ।सो महोत्सव बाट १ लाख जनाले अवलोकन गर्ने तथा ६ लाख भन्दा बढिको आम्दानी हुने अनुमान गरिएको अध्यक्ष अम्मर बहादुर खड्काले बताउनु भएको छ । सो बाट जिल्ल्ँँमा विपदका क्षेत्रमा रहेर पनि काम गर्ने बताइएको छ ।
