रुकुम, २५ मंसिर । कुनैवेला ग्रामीण क्षेत्रको भरपर्दाे सञ्चारका रुपमा रहेका भिस्याट टेलिफोन अहिले अलपत्र परेका छन् । प्रविधिको विकाससँगै हरेकको हात हातमा मोवाइल फोन आएपछि कुनैवेला गाउँ-शहर जोड्ने ती दुर्गम ग्रामीण क्षेत्रमा जडान गरिएका भिस्याट टेलिफोन प्रयोग विहिन भएका छन् । प्रयोग विहनिसँगै उपकरणहरुमा खिया लाग्दैछन् ।

indrenionlineअहिले रुकुमका ग्रामीण भेगमा जडान गरिएका लाखौं मूल्यका भिस्याट टेलिफोन उपकरण वर्षौंदेखि प्रयोगविहीन बनेका छन् । ती उपकरण खिया लागेर नष्ट हुन थालेको स्थानीयवासीले बताएका छन् । २०५६ सालमा दूरसञ्चार कार्यक्रमअन्तर्गत ग्रामीण भेगमा ताररहित टेलिफोन सेवा पु¥याउने नीतिअनुरूप सरकारले प्रत्येक गाविसमा भिस्याट उपकरण जडान गरेको थियो ।

पहाडी एवम् हिमाली जिल्लाका बासिन्दालाई सञ्चार सुविधा पुर्‍याउने उद्देश्यले जडित रुकुमका १३ स्थानमा जडित भिस्याट टेलिफोन सेवा अहिले बन्द अवस्थामा छन् । जडान गरिएकामध्ये स्यालापाखा, कोल, राङ्सी कोल, काँक्री, रन्मामैकोटलगायत गाविसका भिस्याट फोनका उपकरण अलपत्र छन् । रुकुममा २०६० सालमा भिस्याट टेलिफोन जडान गरिएको थियो ।

तत्कालीन विद्रोही नेकपा माओवादीले २०६९ सालमा रोल्पा रातामाटास्थित माक्र्स लाइनमा क्षति पु¥याएपछि ती भिस्याट टेलिफोनले काम गर्न छोडेको नेपाल टेलिकम जिल्ला शाखा रुकुमले जनाएको छ । अहिले जिल्लाका सबै भिस्याट टेलिफोन जीर्ण अवस्थामा रहेका छन् ।