सिरहा, २५ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा ट्रयाक्टरले साइकललाई शनिबार ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

5ट्रयाक्टरको ठक्करबाट सप्तरी हरिपुर–१ की १५ वर्षकी श्यामाकुमारी चौधरी ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा श्यामाकुमारीकी दिदी १६ वर्षकी बबिताकुमारी गम्भीर घाइते भएकी छन् ।

स १ त १८०२ नम्बरको ट्रयाक्टरले दिदीबहिनी चढेको साइकललाई लहान नगरपालिका–११ पडरीयामा पछाडीबाट ठक्कर दिँदा घाइते भएकी श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । घाइते बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ ।