shiba

तिम्रो जिबनमा आस बनेर आउदा
कसोहोला हुरीबतास बनेर आउदा

तिमीलाई सपनाजस्तो लाग्न सक्छ
म एकाएक मधुमास बनेर आउदा

किन कि जानेहरू फर्केको ईतिहास छैन
अचम्म अचानक सन्त्रास बनेर आउदा

एकछिन त पृथ्बी घुम्नै बिर्सन्छ होला
औंसीको रातमा प्रकास बनेर आउदा

माफगर्छौ कि के भन्छौ सरू मलाई
हिजोको पत्थर कपास बनेर आउदा