गोविन्द खड्का
घोराही, २४ मंसिर ।  गोरखा ईन्टरनेश्नल पब्लिक उमावि घोराहीको मा सञ्चालित राष्ट्रिय सेवादल तालिम शुक्रवार समापन गरीएको छ । समापन कार्यक्रममा रिपुमर्दन गणका गणपति प्रमुख सेनानी राजन बुढाथोकिले पिटि परेड नजर गर्नुभएको थियो । प्रमुख अतिथि सेनानी बुढा थोकिलाई विद्यार्थीले सलामि दिएका थिए ।

15403083_1365454986821746_756146820_n

विद्यालयमा सञ्चालित तालिममा ३६ छात्र र ३६ छात्राहरु गरी ७२ जना सभागि थिए । जुनियर डिभिजन ४३ औ“ व्याजको तालिमका सहभागिहरु कोहलपुरमा नौ जिल्ला संग प्रतिस्पर्धा गर्ने छन् ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनाली, प्रहरी नायव उपरीक्षक प्रकाश राज शर्मा लगाएत विद्यालय परिवार र अभिवावकको सहभागिता थियो । विद्यालयका प्रिन्सीपल मानसिं घर्ति लगाएतले नेपाली सेनाका तालिम शिक्षकहरुलाई खादा, अविर र कदर पत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण नेपाली सेनाका क्याप्टेन कुबेर शर्माले गर्नुभएको थियो ।