कुशुम वि.क

बर्दिया , २५  मङ्सिर । बर्दियाको भुरिगाउ गुलरिया सडक खन्ड अन्तर्गत ढोढरी गाविसको वार्ड न ५ र ९ को विचमा पर्ने वालकुमारी मन्दिर जाने बाटोको वनसक्ति वन जनिकै आज बेलुकी पख बाघको आक्रमण बाट २ जना घाइते भएका छन ।

tigerभुरिगाउ बाट गुलरिया तर्फ आउदै गर्दा मोटर साइकिलमा सवार धनबहादुर थारु  लाइ एक्कासी बाघले झम्टिएको प्रहरीले बताएको छ । यसै विच साइकीलमा सवार ढोढरी गाविस वार्ड न ९ भगतपुरकी अस्तुरिया थारुलाइ पनि झम्टिएको बताइएको छ ।

दुवै जना सामान्य घाइते भएको प्रहरीेले बताएको छ । घाइते दुवै जनालाइ स्थानिय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागी जिल्ला अस्पताल लगीएको छ ।  मोटरसाइकिल चलाइरहेको बेला एक्कासी बाघले झम्टिएको थारुले बताउनु भयो ।