tara-parajuli

कहिले आशा बनेर आयौ ।
कहिले भरोसा बनेर आयौ ।।

जिवनमा पहिलो पटक यसरी ।
अनौठो अनौठो नसा बनेर आयौ ।।

मायाको बर्णमाला नबुझेको बेला ।
प्रेमको मिठो भाषा बनेर आयौ ।।

सबै सबै बिर्सेर सम्झिइरहनु पर्ने ।
तिमी यस्तो जिजिबिशा बनेर आयौ ।।

एक प्रसङ्गमा यस्तो उपमा दिएथ्यौ ।
मेरो जीवनमा मोनालिसा बनेर आयौ ।।