एजेन्सी, २४ मंसिर । दक्षिण कोरियाको संसदले भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ । यो सँगै उनी पदमुक्त भएकी छन् ।

origin_b06d95cfbf2ebf6bca6f56b47f374af1संसदमा भएको मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् । ५६ भोट मात्र विपक्षमा परेको छ । उनी पदमुक्त भएसँगै तत्कालका लागि राष्ट्रपतिको कार्यभार पनि प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्नेछन् ।

भ्रष्टाचारको आरोप लागेपछि कोरियाका सडकहरुमा राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन समेत गरेका थिए ।