इन्द्रणी संवाददाता
दाङ, २४ मंसिर । मुलुकमा संघीयताको अभ्यास शुरु भइसकेको छ । संघीयताको अभ्यासको सुरुवातीमै दाङलाई प्रदेश नं. ५ को राजधानीका आवाजहरु उठिरहेका छन् । अहिले पनि जिल्लाका विभिन्न क्षेत्रबाट दाङलाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने र त्यसका लागि दाङ उपयुक्त भएको दावी गरिदै आएको छ ।

dscn0694प्रादेशिक राजधानी बनाउन एउटा महत्वपूर्ण आधार पूर्वाधार विकास हो । त्यसमा पनि सडक सञ्जाल अत्यन्त महत्वपूर्ण रुपमा हेरिन्छ । तर, प्रादेशिक राजधानी माग्दै ¥याली निकालिने दाङको सदरमुकाम घोराही बजार क्षेत्रको मुख्य सडकको अवस्थाका बारेमा कसैले हेरेको देखिदैन । सडक विस्तार गर्न लागेको वर्षाै भइसक्यो तर, पूर्णता पाउन सकेको छैन । अहिले उक्त सडकका दायाँ वायाँका स्थानीयहरुले आफ्नो घरमा जानका लागि पनि पुल हाल्नुपर्ने अवस्था छ ।

dscn0696६ लेनको रुपमा विस्तार गर्न लागिएको उक्त सडक निर्माण कम्पनीले सम्झौता भएको समयमा सम्पन्न गर्न सकेको छैन् । २०७१ भदौमा मध्यपश्चिम सडक डिभिजन कार्यालयसँग २०७२ असोजसम्ममा सम्पन्न गर्ने कान्छाराम शंकरमाली निर्माण कम्पनीबीच सम्झौता भएको थियो । तर, त्यो समय त के त्यसपछि एक पटकका लागि थपिएको समयमा पनि सम्पन्न हुन नसकेर अहिले पुनः फेरि समय थप्न लागिएको छ ।

सडक कार्यालयले निर्माण कम्पनीको लापरवाहीका कारण समयमा काम सम्पन्न हुन नसकेको बताउदै आएको छ भने निर्माण कम्पनीले भूकम्प, नाकाबन्दी, आवश्यक मेट्रियलको अभाव, स्थानीयको अवरोधलगायतका कारण देखाउदै आएको छ ।

dscn0701अहिले सडकको काम कछुवाको गतिमा भइरहेको छ । सडक दायाँ÷वाँया रहेका विद्युतका पोलहरु सार्न बाँकी छन् । स्थानीयहरुले त्यसमा अवरोध गरिरहेको निर्माण कम्पनीले बताएको छ । विद्युत पोल, खानेपानीका पाइप, टेलिफोनका पोल सार्नका लागि सम्बन्धीत निकायहरुसँग सडक कार्यालयले समन्वयमा चासो नदेखाएको निर्माण व्यवसायीको दावी छ । प्रादेशिक राजधानी आफूमा नराम्रो होइन । अब राजधानीको मागसँगै यो सडक विस्तारको कामलाई तीब्रता दिन सम्बन्धीत पक्षलाई पनि दवाव दिने हो कि ?