काठमाडौं, २४ मंसिर । हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उनको निधन भएको कलाकार दीपकराज गिरीले बताए ।

rp-bhattaraiगिरीका अनुसार बिहान धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा भट्टराइलाई सुतेको अवस्थामै मृत भेटिएको हो । कलाकार भट्टराईको घर पनि बिराटनगरमै हो । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि गाएका छन् ।