पोखरा, २३ मंसिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ ।

baburam-bhattrai-stageपोखारामा आयोजित कार्यक्रलममा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छात्र सञ्जिव भट्टराईले आज जुत्ता प्रहार गरेका हुन् ।

नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा सहभागी भएका डा. भट्टराइलाई सञ्जिवले जुत्ताले जुत्ता प्रहार गरेपनि लाग्न भने पाए ।

भट्टराइलाई प्रहार गरेको जुत्ता उनको नजिक पुगेको थियो । डा. भट्टराइलाई जुत्ता प्रहार गर्ने सञ्जिवलाई इलाका प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ ।