इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । पश्चिम नेपालका पाँच जिल्लाका २६ जना कम्लरी अझै वेपत्ता छन् । दासताको रुपमा रहेको कम्लरी पर्था अन्त्य भएको सरकारले घोषणा गरेको वर्षाै वितिसक्दा पनि दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरका २६ कम्लरी अझै सम्पर्क विहिन भएको मुक्त कम्लरी विकास मञ्चले बताएको छ ।
यसरी वेपत्तामा हुनेहरुमा सबैभन्दा वढी कैलाली जिल्लामा १२ जना कम्लरी वेपत्तामा रहेको मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् । मुक्त कम्लरी विकास मञ्चको २०६८ साल यताको तथ्याङ अनुसार दाङमा पाँच, बाँकेमा ६ र वर्दिया जिल्लाका ४ जना गरी २६ जना कम्लरी अझै वेपत्ता अवस्थामै छन् ।
वेपत्ता कम्लरीहरुको सूची :-
वेपत्ता हुनेहरुमा १२ वर्षदेखि २० वर्ष मूनीका छन् । अर्काको घरमा काम गर्न गएका यी कम्लरीहरुको अहिलेसम्म कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा अज्ञात नै रहेको अध्यक्ष सुनिताले बताइन् । ‘हाम्रो संस्थाको तथ्याङमा अहिलेसम्म यति कम्लरीहरुको अवस्था थाहा छैन’, उनले भनिन्, ‘यसको लागि राज्यले गर्नुपर्ने प्रयास समेत गरेको छैन ।’ पाँच जिल्लामा अहिले पनि करीव दुई सय कम्लरी अझै मुक्त हुन वाँकी छन् ।
