इन्द्रेणी संवाददाता
घोराही, २३ मंसिर । दाङसहित पाँच जिल्लाका मुक्त कम्लरीहरु चार बँुद्दे माग लिएर राजधानी जादैछन् ।
आजभन्दा साढे तीन वर्ष पहिले शिक्षा विभाग तथा शिक्षा मन्त्रालयसँग भएका १० बुद्दे सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु तत्काल पूरा गर्नुपर्ने चार बुँद्दे माग लिएर आज वेलुका नै काठमाडौं जान लागेको मुक्त कम्लरी विकास मञ्च केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् ।
आज केन्द्रीय कार्यालय घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी पाँचै जिल्लाबाट करीव ४० जनाको टोली राजधानी जान लागेको अध्यक्ष चौधरीले जानकारी दिइन् ।
सो क्रममा आफ्ना मागसहित स्वाथ्य मन्त्रालय, गृहमन्त्रालय, शिक्षा विभाग, शिक्षा मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयमा डेलिगेसन जाने मञ्चकी पूर्व अध्यक्ष उर्मीला चौधरीले बताइन् ।