प्रकाश डांगी/ घोराही २२ मंसिर । कार्यक्रम दिगोपनाको लागि बुधबार देखि घोराहीमा दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजनामा शुरु भएको गाष्ठीमा रेडक्रसदाङद्धारा सञ्चालित एचआईभि ,मानब बेभबिखन तथा सामाजिक भेद्भाब बिरुद्ध युवा सशतिmकरण कार्यक्रमले कार्यक्षेत्रमा पारेको प्रभाब, कार्यक्रम अबधिमा देखिएका उपलब्धिका साथै समस्या र समाधानका बिषयमा दुई दिन सम्म सहभागीहरुबिच कार्यशालामा ब्यापक छलफल हुने कार्यक्रम अधिकृत चन्द्रकला खड्काले जानकारी दिईन् ।
नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्यको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा लंैङगीक बिभागकी अध्यक्ष भगवती शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस जुनियर बिभागका उपनिर्देशक बालकृस्ण सेढाई, दाङ शाखाका मन्त्री मदन गौतम , भिमलाल मरासीनीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
गोष्ठीमा कार्यक्रम लागु भएका गाबिस, नगरपालिकाका शिक्षक नायक , महिला समुहका सदस्य , किशोर किशोरी समुहका सदस्यहरुको सहभागीता रहेको छ ।
