krisiतुलसीपुर २३ मंसिर ।  विषादी मुक्त कृषि उपज अहिलेको आवश्यक्ता भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय दाङको आयोजनामा मंगलवार तुलसीपुरमा भएको विषादी मुक्त सप्ताह अन्र्तगत वजारमा निकालिएको ¥यालि पछि आयोजीत सभालाई सम्वोधन गर्दै बक्ताहरुले यस्तो बताएका हुन् ।

घातक विषादी प्रयोग नगरौ ,आफ्नो सन्ततीको रक्षा गरौ भन्ने नाराका साथ तुलसीपुरको अरनिको मैदानवाट निकालिएको ¥यालीले वजार परिक्रमा पछि उद्योग वाणिज्य संघको हलमा गएर सभामा परिणत भएको थियो । कार्यक्रममा बक्ताहरुले तरकारी वालीमा विषादी प्रयोग नगर्न र गर्ने परेमा विधी सम्मत ढङ्गले प्रयोग गर्न सल्लाह दिएका थिए ।

सकेसम्म गाईभैसीको मलमुत्र र आर्युवेद किटनासक विषादी उत्पादन र प्रयोग गर्न सके मानव स्वास्थ्यलाई असर नपर्ने उनीहरुको जोड थियो ।
कार्यक्रममा सहभागी कृषकहरुले यस्ता कार्यक्रमलाई सप्ताह ब्यापी रुपमा नभई अभियानको रुपमा अगाडि वढाउनुु पर्ने बताएका थिए । उनीहरुले आर्युवेदयुक्त किटनासक विषादी निर्माणमा किसानहरुलाई तालिमको व्यवस्था गर्न माग गरेका थिए । कृषी विकाश कार्यालयका वरिष्ठ अधिकृत दिपक कुुमार शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै विषादी प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्ने बताएका थिए । उनले बिषादी प्रयोग गर्दा सबैले बिचार पु¥याउनु पर्ने बताए ।
वालीसंरक्षण अधिकृत पिताम्वर वस्नेतले कृषकहरुलाई विषादी प्रयोग गर्न नहुुने सल्लाह दिएका थिए । प्रयोग गर्नै परेमा कृषि प्राविधिकको सल्लाह लिनुपर्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित कृषक समुहका प्रतिनिधीहरुले तरकारी वालिमा विषादी प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । उपभोक्ता हित संरक्षणका अध्यक्ष केशव कुुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृषि सेवा केन्द्र तुलसीपुरका प्रमुख पशुपति शर्माले गरेका थिए ।