tripur-nagarpalika-dangबमदेव देवकोटा / त्रिपुर २२ मंसिर । दाङको त्रिपुर नगरपालीकाले आउदो आर्थीक वर्ष २०७४/०७५ का लागि चालु आर्थिक बर्ष भन्दा दोब्ब्र बजेट प्रस्ताब गर्ने तयारी गरेको छ । अबको केही दिनमा हुने त्रिपुर नगरपालिकाको नगरपरिषबाट करिब १५ करोड बजेट प्रस्ताव गर्ने कार्यकारी अधिकृत कमान सिंह थापामगरले जानकारी दिए ।

उनका अनुसार आउदो आर्थिक बर्षका लागि १४ करोड ९६ लाख बजेट प्रस्ताब गर्ने तयारी छ । उक्त बजेट चालु आर्थिक बर्षका लागि गरेको प्रस्ताब भन्दा दोब्बर हो ।
चालु आर्थिक बर्षका लागि त्रिपुर नगरपालिकाले ७ करोड ५० लाखको हाराहारीमा बजेट प्रस्ताब गरेको थियो ।

चालु आर्थिक बर्षमा नगरपालिकाले प्रत्येक वडामा बिभिन्न मापदण्ड बनाएर बजेट बिनियोजन गर्ने अधिकृत थापाले जानकारी दिए । उनले प्रत्येक वडामा समान रुपमा बजेट बिनियोजन नहुने बताए । उनले जनसंख्याको आधारमा ५० प्रतिशत,भुगोलको आधारमा १० प्रतिसत,गरिबीको रेखाङकणको आधारमा २५ प्रतिशत र आन्तरिक करको प्रयास र्फ १५ प्रतिशत खर्च गर्ने गरि बजेटको सिलिङ तयार पारिएको जानकारी दिए ।

सोही अनुसार नगरपालिकाको वोर्ड बैठकले बजेट पारित गरिसकेको अधिकृत थापाले बताए । यस आर्थीक वर्षमा त्रिपुर नगरपालिकाका प्रत्येक १३ वडामा १२ लाख ५० हजार देखि १८ लाख ५० हजार सम्मको बजेटको काम हुने छन् ।

नगरपालिकाले पुष मसान्त भित्र तेस्रो नगरपरिषद गर्नेगरि कार्ययोजना अगाडि बढाएको छ । वडा नागरिक मञ्चलाई आवश्यक प्रशिक्षण दिएर बजेटको सिलिङ उपलब्ध गराएको र वडास्तरिय योजना छनोटका लागि जिम्मेवारि प्रदान गरिएको नगरपालीकाले जनाएको छ ।

पुष ५ देखि ९ गतेसम्म वडा भेला गर्ने गरि काम सुरु गरिएको कार्यक्रम अधिकृत बिपना बर्ताैलाले बताईन् । जसमा पुष ५ गते वडा नं १,६ र १० को वडा भेलाको आयोजना गरिएको छ । त्यसैगरि ६ गते वडा नं २,७ र ११ को पुष ७ गते वडा नं ३,८ र १२ को, पुष ८ गते वडा नं ४,९ र १३ को र ९ गते वडा नं ५ को वडा भेलाको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

अहिले दाङलगायत देशभरका स्थानिय निकाय परिषदको तयारिमा जुटेका छन् । वडा भेला देखि परिषदसम्मको तयारिले दाङका गाबिस तथा नगरपालिकालाई भ्याइ नभ्याई छ । नेपाल सरकारको नियम अनुसार पुष महिनाभित्र नगरपालिका तथा गाबिसले परिषद गरिसक्नुपर्ने हुन्छ ।