तुलसीपुर २२ मंसिर । नेपाल प्रेस यूनियन दाङ शाखाले नयाँ सदस्यता खूल्ला गरेको छ । साथै नबिकरणका लागि आह्वान समेत गरेको छ । मंगलबार घोराहीमा बसेको जिल्ला कार्यसमितिको बैठकले नँया सदस्यताको आबेदन खुल्ला र नबिकरणकालागि पुसको १५ गते भित्र आबश्यक प्रमाण पत्र सहित आबेदन बुझाउन आह्वान गरेको सचिब देबेन्द्र बस्नेतले जानकारी दिए ।
आबेदन बुझाउनका लागि सहज बनाउन देउखुरी क्षेत्रमा यूनियनका अञ्चल सचिब लिला शाह,शाखाका पूर्ब सहसचिब किरण शाह र जिल्ला सदस्य जयप्रकास पौड्ेल,घोराही क्षेत्रका लागि सचिब देबेन्द्र बस्नेत,सदस्यद्धय आरके सितल र सपना बोहरा र तुलसीपुर क्षेत्रमा कोषाध्यक्ष शरद रेग्मी,सहसचिब बालाराम खडका र जिल्ला सदस्य सर्मिला डिसीलाई जिम्मा दिईएको छ ।
बैठकले नेपाल पत्रकार महासंघको आसन्न जिल्ला अधिबेसनमा यूनियनको तर्फबाट समन्वयकारी भूमिका खेल्न यूनियनका अञ्चल संयोजक केपी घिमिरे,केन्द्रीय सदस्य सुरेश श्रेष्ठ,जिल्ला अध्यक्ष सुशील बस्नेत र शाखाका पूर्ब सचिब हेमराज शर्मालाई जिम्मा दिएको सचिब बस्नेतले जानकारी दिए ।
यस्तै श्रमजीबिहरुका सवाल बिषयक छलफल कार्यक्रम नेपाल ट्रेड यूनियनको सहकार्यमा पुस महिनामा तुलसीपुरमा गर्ने निर्णय समेत गरिएको छ ।