सुशील बस्नेत / तुलसीपुर २३ मंसिर । मानव अधिकार तथा शान्ति समाज दाङले मंसिर २५ गते अर्थात १० डिसेम्वरमा मानव अधिकार दिबस तुलसीपुरमा भब्य रुपमा मनाउने भएको छ ।
शान्ति समाज दाङका उपसभापति तुलसीराम सुनारको सभापतित्व एबम केन्द्रीय सचिब सुशील बस्नेतको बिशेष उपस्थीतिमा बुधबार तुलसीपुरमा बसेको बैठकले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा मूलुकको पछिल्लो राजनीतिक अबस्थाको निकास बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको सहसचिब अमृतकाजी शर्माले जानकारी दिए ।
त्यस्तै ९ डिसेम्वर अर्थात मंसिर २४ गते अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको सन्र्दभमा ¥याली सहित बिपी चौकमा कोण सभा गर्ने निर्णय गरिएको छ ।
मंसीर १० र ११ गते बुटवलमा भएको शान्ति समाजको १९ औ राष्ट्रिय परिषद्को बैठकबाट दाङ शाखालाई उत्कृष्ठ शाखा घोषणा गरेकोमा केन्द्रीय समिति प्रति कृतज्ञता र शाखाका पूर्ब सभापति सुशील बस्नेत केन्द्रिय सचिबमा निर्बिरोध निर्बाचित भएकोमा बधाई ज्ञापन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकमा शाखाका संस्थापक सभापति एबम अधिबक्ता डिल्लीराज धिताल,पूर्ब केन्द्रीय उपसभापति एबम अधिबक्ता मोहन धिताल,पूर्ब केन्द्रीय सदस्य निर्मल नेपाली,सल्लाहकार प्रमोद न्यौपाने लगायतको उपस्थीति रहेको सहसचिब शर्माले जानकारी दिए ।।