dhanauriधनौरी २२ मंसिर ।  संयुक्त आन्दोलन सङ्घर्ष समिति क्षेत्र नम्बर ५ले मंसिर २७ गते धनौरीको खैरेनीमा वृहत जनप्रर्दशन गर्ने भएको छ ।

सरकारले संविधान संशोधन र प्रदेश नम्बर ५को विभाजन गर्न थालेको भन्दै संघर्षमा उत्रिएका नेकपा एमाले, राष्ट्रिय जनमोर्चा , मजदुर किसान पाटी, नेकपा माओवादी क्रान्तिकारीका राजनीतिक दलहरुले विरोध गर्दे आएका छन् ।
आन्दोलन सङ्घर्ष समिति क्षेत्र नम्बर ५ का संयोजक प्रेमबहादुर खत्रीको अध्यक्षतामा बैठक भएको हो । बैठकमा राष्ट्रिय जनमोर्चाका दयाराम गौतम, नेपाल मजदुर किसान पार्टीका नन्दलाल बुढालगायतकाले आगामी आन्दोलनका कार्यक्रम, स्वरुप र वृहत जनप्रदर्शनको तयारीका बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।

बैठकले क्षेत्र नम्बर ५ का गाविसहरुमा रहेका संघर्ष समितिलाई जनप्रर्दनका लागि व्यापक तयारी गर्न समेत निर्देशन दिएको संघर्ष समितिका संयोजक खत्रीले जानकारी दिए ।