पुरन्धारा २३ मंसिर । पुरन्धारा गाविसको आर्थिक वर्ष २०७३ / ७४ को विकास बजेट तर्फ ७७ लाख आएको छ । गत वर्ष विकास बजेट तर्फ ४५ लाख आएको थियो तर अहिले बढेर ७७ लाख आएको गाबिस सचिव याम बहादुर केसीले जानकारी दिए ।
विकास बजेटको योजना तयारिका लागि गाविसले मंसिर २२ गतेदेखि वर्डा भेला समेत सुरु गरेको छ । बुधबार वार्ड नम्बर १ को सुन्दर खालमा योजना छनौटको भेला भएको थियो ।
त्यसैगरी २३ गते वडा नम्बर २ को बाघमारे सहकारी भवनमा , वडा नम्बर ३ को २४ गते इशु भवन, वडा नम्बर ४ को २५ गते हंशपुर चौतारी, वार्ड नम्बर ५ को २६ गते जैताने चोक, वडा नम्बर ६ को २७ गते प्रावि सितापुर , वडा नम्बर ७ को २८ गते बगाले चौतारी, २९ गते वडा नम्बर ८ को बबरपुरमा र वडा नम्बर ९ को ३० गते भागावारीमा भेला हुने भएको छ । वडा भेलामा योजना छनौट कार्य सहभागिताकालागि सम्पूर्ण वडावासी, राजनीतिक दलहरुलाई सचिव केसीले आग्रह गरका छन् ।
