नारायणपुर, २२ मंसीर । नारायणपुर खानेपानी तथा सरसफाई समितिले त्रिपुर २ झारवैरामा निर्माण हुन लागेको ओभरहेड ट्यांकीको आज शिलन्यास गरिएको छ । ट्यांकीको सांसद राजु खनालले शिलन्यास गरेका हुन् ।
खानेपानी तथा ढल निकास विभाग अन्तर्गत सहलगानी आयोजनामा निर्माण हुन लागेको साढे ४ लाख क्षमताको ओभरहेड ट्यांकीको एक कार्यक्रमको आयोजना गरी शिलन्यास गरिएको हो ।
कुलप्रसाद रजौरे (श्रवण) को अध्यक्षता तथा सांसद खनालको प्रमुख आतिथ्य र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख चोकप्रसाद धिताल एवं नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति भुपबहादुर डाँगीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।