इन्द्रेणी संवाददाता
तुलसीपुर, २२ मंसिर । मैत्रीपूर्ण क्रिकेट खेलका लागि थाइल्यान्ड जान लागेका खेलाडीहरुलाई विदाइ गरिएको छ ।
पब्लिक ज्ञानज्योति उच्चमाविले एक कार्यक्रमको आयोजना गरी योङ स्टार क्लबका खेलाडीलाई विदाइ गरिएको हो । कलेजका प्राचार्य सुरेन्द्र जिसीले खेलाडीहरुको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
